२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनएमबि बैंकले भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग


सञ्चार डबली
  • बुधबार, भदौ १७ २०८३
  • 2.2K
    SHARES

  • images
    एनएमबि बैंकले भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।

    साथै बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ ।

    विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको साथमा उभिँदै सहयोग गरिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार उक्त सहयोगबाट प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend