२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढीपीडितका लागि सांग्रिला बैंकले दियाे ७० लाख रुपैयाँ


सञ्चार डबली
  • मंगलबार, भदौ १६ २०८३
  • 1.2K
    SHARES

  • images
    भोटेकोशी बाढीपीडितका लागि सांग्रिला बैंकले दियाे ७० लाख रुपैयाँ

    काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ ।

    बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सहयोग रकममध्ये ५० लाख रुपैयाँ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट र २० लाख रुपैयाँ कर्मचारीबाट संकलन गरिएको बैंकले जनाएको छ ।

    सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

    भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बैंकले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend