२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोटेकोशी बाढी: अहिलेसम्म ९८७ जनाको शव भेटियो,  ३ हजार ९१६ जना सम्पर्कविहीन


सञ्चार डबली
  • मंगलबार, भदौ १६ २०८३
  • 1.1K
    SHARES

  • images
    भोटेकोशी बाढी: अहिलेसम्म ९८७ जनाको शव भेटियो,  ३ हजार ९१६ जना सम्पर्कविहीन

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९८७ जनाको शव फेला परेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ९८७ जनाको शव फेला परेको हो । जसमा रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा ३२१, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६  र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ ।

    प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ३ हजार ९१६ जना सम्पर्कविहीन भएका हुन् ।

    सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ६३९ जना, रसुवाका ८६५, नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    यसैगरी, ५८३ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend