२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तीन महिनाको लागि २० अर्ब तान्दै राष्ट्र बैंक


सञ्चार डबली
  • सोमबार, भदौ १५ २०८३
  • 1.2K
    SHARES

  • images
    तीन महिनाको लागि २० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ३ महिने निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको हो ।

    निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend