२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग


सञ्चार डबली
  • आइतबार, भदौ १४ २०८३
  • 1.8K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग

    काठमाडाैँ – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीेबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।

    प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको छ ।

    विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पु¥याउने यस मानविय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ ।

    बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरुको सकुशल उद्धार एवं घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend