२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोटेकोशीमा फेरि आएको बाढी स्याप्रूबेँसी कट्यो, सतर्क हुन आग्रह


सञ्चार डबली
  • शुक्रबार, भदौ १२ २०८३
  • 1.3K
    SHARES

  • images
    भोटेकोशीमा फेरि आएको बाढी स्याप्रूबेँसी कट्यो, सतर्क हुन आग्रह

    काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा फेरि बाढी आएको जानकारी दिँदै स्याप्रुबेँसीसम्म आइपुगेको जनाएको छ । शुक्रबार दिउँसो १२ः३० बजे सूचना जारी गर्दै महाशाखाले बाढीको जानकारी दिएको हो ।

    ‘भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

    यसबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि रसुवाको भोटेकोशी नदी क्षेत्रमा पुनः लेदोसहितको बाढीको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

    प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै भदौ १० गते आएको भीषण बाढी आएकै क्षेत्रमा पुनः लेदोसहितको पानीको बहाव बढेको जानकारी दिएको हो । माथिल्लो क्षेत्रमा लेदो बढेकाले पुनः थप बाढी आउन सक्ने जोखिम कायमै रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend