काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ**मा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५८२.५ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ६८.८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



