रूपन्देही । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनार (गण्डक क्षेत्र) मा फेला परेका शवको संख्या १५ पुगेको छ।
नदीका विभिन्न ठोकर (बाँध) क्षेत्रमा ६ महिला, ६ पुरुष, १ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए।
प्रहरीका अनुसार रसुवामा आएको बाढीमा परेर नारायणी नदीमा बग्दै आएका उनीहरूको शव सुस्तास्थित गण्डक क्षेत्रमा फेला परेको हो।
फेला परेका शवहरूलाई पृथ्वीचन्द्र अस्पताल तथा अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
शवको पहिचान तथा घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अस्पतालमा शव राख्ने स्थान धेरै नभएकोले कहाँ व्यवस्थापन गर्ने समस्या परेको जनाइएको छ ।


