२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भोटेकोशी बाढीमा ९ जनाको शव भेटियो, सुरक्षाकर्मीसहित धेरै सम्पर्कविहीन


सञ्चार डबली
  • बुधबार, भदौ १० २०८३
  • 1.9K
    SHARES

  • images
    भोटेकोशी बाढीमा ९ जनाको शव भेटियो, सुरक्षाकर्मीसहित धेरै सम्पर्कविहीन

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा परी हालसम्म ९ जनाको मृत्यु भएको छ ।

    उनीहरूको शव फेला परे पनि पहिचान हुन बाँकी रहेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले बाढीपछि प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन रहेको बताए । त्यस्तै, सशस्त्र प्रहरीका ९ जना पनि सम्पर्कमा नरहेको उनले जानकारी दिए ।

    नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना पनि सम्पर्कविहीन रहेको मन्त्री खनालले बताए ।

    बाढीका कारण रसुवागढी भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारी पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए । प्रभावित क्षेत्रका केही स्थानीय बासिन्दा पनि सम्पर्कबाहिर रहेको बताइएको छ ।

    बाढीले सरकारी तथा निजी भवनमा समेत ठूलो क्षति पुर्‍याएको मन्त्री खनालले जानकारी दिए । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend