२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्रीसँग सीमालगायतका विषयमा सोध्नेछन् सांसदले प्रश्न


सञ्चार डबली
  • मंगलबार, भदौ ९ २०८३
  • 1.6K
    SHARES

  • images
    प्रधानमन्त्रीसँग सीमालगायतका विषयमा सोध्नेछन् सांसदले प्रश्न

    काठमाडौं । सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सीमा लगायतका विषयमा संसद्मा प्रश्न सोध्ने भएका छन् ।

    प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू तयार भएका छन् । तर, बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैगर्दा मात्रै ती विषय सार्वजनिक हुनेगरी व्यवस्थापन गरिएको संसद् सचिवालयले जनाएको छ ।

    प्रश्नकर्ता सांसदहरूको नाम सार्वजनिक भएको छ । तर, उनीहरूलाई के कस्ता प्रश्न छन्, भनेर सञ्चारमाध्यम र सार्वजनिक रूपमा राख्न बन्देज गरिएको छ । ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त होस्’ भन्ने ध्येयले नै प्रश्नसँग सम्बन्धित विषयलाई व्यवस्थित गरिएको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।

    ‘राष्ट्रियताको सन्दर्भ, सीमाना सम्बन्धी विषय, सरकारको कामकारबाही र त्यसका शैलीमा प्रश्न छन्’, स्रोतले भन्यो, ‘सांसदहरूले विषयकेन्द्रित भएरै प्रश्न दर्ता गरेका छन् ।’ प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

    जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

    यसअनुसार सभामुख डोल प्रसाद अर्याल (डीपी)ले उनले बुधबारका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन् । सभामुख अर्यालले प्रधानमन्त्री बालेनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए । त्यसअनुसार ११ जना सांसदले प्रश्न दर्ता गरेका छन् ।

    प्रश्नकर्ता सांसदहरूमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्दैछन् ।

    नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न सोध्नेगरी नाम टिपाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका सांसद् वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन् । श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्ने छिन् ।

    प्रतिनिधिसभा नियमावलीको नियम  ५८ मा प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनुपर्नेछ । यसअनुसार सभामुखले भदौ ५ गतेभित्रै प्रश्न लिएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend