२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


सञ्चार डबली
  • सोमबार, भदौ ८ २०८३
  • 2.0K
    SHARES

  • images
    कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । प्रदेश सरकारबाट नेपाली कांग्रेसको बहिर्गमन र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रवेशसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

    विश्वासको मत लिनेबारे मुख्यमन्त्री कार्यालयले शुक्रबार नै कोशी प्रदेशसभा सचिवालयलाई औपचारिक जानकारी गराइसकेको छ ।

    नयाँ सत्ता समीकरणअनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिअनुसार मुख्यमन्त्री कार्कीले गत सोमबार मन्त्रिपरिषद् हेरफेरगरेका थिए । १७ जना सांसदसहित नेपाली कम्युनिस्ट पार्टी सरकारमा सहभागी भएसँगै विश्वासको मत लिने तयारी गरेका हुन् ।

    हाल ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी कुल ५७ जना प्रदेश सभा सदस्यको स्पष्ट समर्थन कार्कीको पक्षमा छन् ।

    कोशी प्रदेशसभामा कांग्रेस २९, राप्रपा सभामुखसहित ५ र जसपाको १ सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend