२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


सञ्चार डबली
  • सोमबार, भदौ ८ २०८३
  • 1.4K
    SHARES

  • images
    देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

    यतिबेला देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक(दुई स्थानमा पनि वर्षा जारी छ।

    सोमबार दिनभर देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना छ। 

    मधेस र कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा पनि मेघगर्जनसहित पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend