२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज यी राशिलाई धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग, अरुको दिन कस्तो ?


सञ्चार डबली
  • सोमबार, भदौ ८ २०८३
  • 2.0K
    SHARES

  • images
    आज यी राशिलाई धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग, अरुको दिन कस्तो ?

    आजको पञ्चाङ्ग : वि।सं। २०८३ साल भाद्र ८ गते, सोमबार। ईश्वी सन् २०२६ अगस्ट २४ तारिख। नेपाल संवत् ११४६।

    रौद्र संवत्सर। दक्षिणायन। वर्षा ऋतु। श्रीशाके १९४८। श्रावण शुक्लपक्ष। तिथि– द्वादशी, अहोरात्र। नक्षत्र– पूर्वाषाढा, बेलुकी ९ बजेर १० मिनेट उप्रान्त उत्तराषाढा। योग– प्रीति, बिहान ८ बजेर ५८ मिनेट उप्रान्त आयुष्मान। करण– बव, बेलुकी ४ बजेर ४७ मिनेट उप्रान्त बालव। आनन्दादिमा– सिद्धि योग। चन्द्रराशि– धनु।

    काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ३९ मिनेटमा। सूर्यास्त बेलुकी ६ बजेर ३१ मिनेटमा। दिनमान ३२ घडी १२ पला।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लामो समयदेखि रोकिएका कामहरू बन्नुका साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ। आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले मन प्रसन्न रहनेछ। समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ। उच्च शिक्षाका लागि लामो दूरीको यात्रा हुनेछ। व्यापार तथा सेयर बजारमा लगानी गर्ने समय रहेको छ। घरायसी सुखसुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छन्। भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ, ध्यान दिनुहोला। आफन्त तथा दिदीबहिनीहरूसँग मनमुटाव सिर्जना हुनेछ। ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्ने हुन सक्छ। तापनि प्रयत्न गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ। वित्तीय बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): भौतिक सम्पत्ति तथा ब्रान्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ। सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गर्ने समय रहेको छ। शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ। नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ। अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ। मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोग पाइनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मायाप्रेम तथा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ। विद्या र बुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ। न्यायिक निर्णय तपाईंकै पक्षमा फैसला हुनेछ। प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ। पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरू केही भए स्वतः ठिक हुनेछन्। व्यापार तथा वित्तीय क्षेत्रमा लगानी विस्तार गरी भविष्यमा मनग्गे आर्थिक लाभ लिन सकिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापारमा प्रशस्त फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ। सेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ। स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारका रूपमा प्राप्त हुनेछ। सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ। छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछन्। पढाइलेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आफन्तहरू टाढिने तथा पतिपत्नीबीच सामान्य मनमुटाव सिर्जना हुनेछ। पढाइलेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यम रहेकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ। व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चिनुपर्नेछ। तर पनि कृषि तथा पशुपालन व्यवसायलाई समयसापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ–पैसा कमाउन सकिनेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईंको नाम अग्रस्थानमा आउनेछ। पढाइलेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ। खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ। मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। उद्योग, सेयर बजार तथा व्यापारमा लगानी गर्ने समय रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ सेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ। सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ। अध्ययनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ। गीतसङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समय फलदायी रहनेछ। परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ।

    धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे): अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्रपङ्क्तिमा तपाईंको नाम आउनेछ। परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ। व्यवसाय फस्टाएर जाने तथा आम्दानीमा बढोत्तरीको योग रहेको छ। राजनीतिमा पद प्राप्तिको योग रहेको छ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। वित्तीय क्षेत्रमा लगानीका लागि केही समय कुर्नुहोला। स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने वा यात्रा गर्दा असजिलो परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन। मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): व्यापार वा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ। प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ। रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछन्। अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान, सम्मान, इज्जत र प्रतिष्ठामा वृद्धि भएर जानेछ। नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ। व्यापार तथा सेयर बजारमा लगानी गर्ने समय रहेको छ। कृषि तथा पशुपालन व्यवसायमा समय व्यतीत हुनेछ। पढाइलेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend