२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कांग्रेस विवाद अदालतमा होइन, पार्टी कार्यालयमै बसेर संवाद र सहमतिमार्फत समाधान गरौँ : विश्वप्रकाश शर्मा


सञ्चार डबली
  • शनिबार, भदौ ६ २०८३
  • 1.6K
    SHARES

  • images
    कांग्रेस विवाद अदालतमा होइन, पार्टी कार्यालयमै बसेर  संवाद र सहमतिमार्फत समाधान गरौँ : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद अदालतमा नभई पार्टी कार्यालयमै बसेर संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने बताएका छन् ।

    शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीभित्रका सबै पक्षलाई संवादमा बसेर कांग्रेसलाई एकताबद्ध बनाउन आग्रह गरे ।

    उनले मुद्दामामिलाको बाटो कानुनले दिएको भए पनि त्यसबाट मात्र पार्टीको विवाद समाधान नहुने बताए । ‘अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ,’उनले भने ।

    शर्माले आगामी असोजमा पार्टीको महाधिवेशन हुने भएकाले सभापति, उपसभापति र महामन्त्रीलगायत नेतृत्वका पदमा प्रतिस्पर्धा गर्न सबैका लागि बाटो खुला रहेको बताए ।

    उनले विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि नभएको स्पष्ट पार्दै आगामी महाधिवेशनमा सबैले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्ने बताए ।

    कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिक प्रक्रिया तथा आगामी असोजमा हुने भनिएको महाधिवेशनलाई लिएर विवाद छ । संस्थापनइतर समूहले महाधिवेशन रोक्न कानुनी प्रक्रिया अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend