२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सरकारको पहिलो प्राथमिकता नै गरिमालाई न्याय दिनु हो, मृत्युदण्डको सजाय भने दिन सकिँदैन : गृहमन्त्री


सञ्चार डबली
  • शनिबार, भदौ ६ २०८३
  • 1.8K
    SHARES

  • images
    सरकारको पहिलो प्राथमिकता नै गरिमालाई न्याय दिनु हो, मृत्युदण्डको सजाय भने दिन सकिँदैन : गृहमन्त्री

    काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीमाथिको जघन्य अपराध र हत्याको घटनाले आफूलाई स्तब्ध र दु:खी बनाएको बताएका छन्। उनले बालिकामाथि जघन्य अपराध हुनु परिवारका लागि मात्र नभई समाजकै पीडा भएको स्वीकारेका छन्। उनले यो घटना पहिलो देखि नै अनुसन्धानमा रहेको र आरोपितलाई तत्काल पक्राउ गरेको जानकारी दिएका छन्।

    सामाजिक सन्जालमा हत्यारालाई मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्रीले त्यो माग देखिए पनि संविधानले नदिएको स्पष्ट पारेका छन्। आफू गृहमन्त्री भएकाले अहिले सत्यतथ्य छानबिन गर्दै अघि अनुसन्धान अघि बढाउने प्रतिज्ञा गरेका छन्।

    ‘त्यसका लागि प्रमाण सुरक्षित हुनुपर्छ, अनुसन्धान निष्पक्ष र वैज्ञानिक हुनुपर्छ, दोषी उम्कनु हुँदैन र निर्दोष फस्नु हुँदैन। पछिल्लो समय गरिमाको अभिभावकले जाहेरी दिनुभएको आधारमा अनुसन्धानका लागि थप चारजना पक्राउ गरिएको छ। त्यसैले यस संवेदनशील घटनालाई राजनीतिकरण वा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगरौँ, आक्रोशले रन्थनिएर सानी नानीको लाश माथी राजनिती हुँदै पो छ की भन्ने पनी सोच्नुहोला र विगतको घटनाहरू देखि हामीले पाठ सिक्नुपर्छ। तपाईको आक्रोशले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित गर्ने कामले अन्ततः न्यायलाई नै कमजोर बनाउन सक्छ।’ उनले भनेका छन्,’नागरिकको खबरदारी आवश्यक छ। सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए सचेत गराउनुहोस्, हामीलाई जवाफदेही बनाउनुहोस्। तर अनुसन्धानलाई आफ्नो काम गर्न दिऔँ । हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन। हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो।’

    गत साउन ३१ गते घरबाट हराएकी गरिमा तीन दिनपछि अर्थात भदौ २ गते एक सुनसान घरभित्र मृत फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएर जघन्य हत्या भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend