२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

टप एण्ड टी–२० : नेपालले बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै


सञ्चार डबली
  • शनिबार, भदौ ६ २०८३
  • 2.1K
    SHARES

  • images
    टप एण्ड टी–२० : नेपालले बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै

    अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ ।

    अष्ट्रेलियाको डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

    नेपाल यसपटक नेपाल ‘ए’ टोलीका साथ मैदानमा उत्रिएको छ । जसको कप्तानमा अनिल शाह रहेका छन् । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो ।

    नेपालले तेस्रो खेल अगस्ट २४ मा होबर्ट हुरिकान्स, चौथो खेल अगस्ट २६ मा एसिटी कोमेट्स, पाँचौँ खेल अगस्ट २७ मा किङ्सम्यान । अन्तिम खेल अगस्ट २९ मा भिक्टोरियाविरुद्ध खेल्ने तालिका छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend