२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित


सञ्चार डबली
  • शुक्रबार, भदौ ५ २०८३
  • 1.5K
    SHARES

  • images
    रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् ।

    पार्टी केन्द्रिय कार्यालयमा जारी पार्टी केन्द्रिय समितिको बैठकले रिक्त पदाधिकारी पदपूर्ति गर्दै यादवलाई सहमहामन्त्रीमा मनोनित गरेको केन्द्रिय सदस्य मनिष झाले जानकारी दिएका हुन् ।

    उनकाअनुसार बैठकले कोषाध्यक्षमा डा.मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ ।

    यद्यपि पार्टी केन्द्रिय समितिले अझै पूर्णता पाएको छैन । पार्टीको पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री अझै मनोनीत हुन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend