२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते


सञ्चार डबली
  • शुक्रबार, भदौ ५ २०८३
  • 1.4K
    SHARES

  • images
    जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

    काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

    नलगार्ड–७ दाने पिपलमा बिहीबार बेलुका साढे ६ बजेतिर नलगाडलु १ च ८२२७ नम्बरको यात्रुबाहक जिप अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो । सो जिप डोल्पा – जाजरकोट सडक खण्डअन्तर्गत नलगाड– ९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको थियो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा छन् । उनको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर सुधीरकुमार खड्काले जानकारी दिए । छातीमा गम्भीर चोट खेपेका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बेलुका नै कर्णाली प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।

    यसैगरी दुर्घटनामा घाइते हुनेहरूमा नलगाड–१० का २६ बर्षीय गणेश ध्यार, सोही ठाउँकै २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार रहेका छन् ।

    घाइते सबैको जिल्ला अस्पतालमा उपचार जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend