२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी, के छ सुविधा ?


सञ्चार डबली
  • शुक्रबार, भदौ ५ २०८३
  • 2.0K
    SHARES

  • images
    एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी, के छ सुविधा ?

    काठमाडौँ/ एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ।

    यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बीवाईडीका प्रत्येक सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडित हुनेछन् जसबाट ग्राहकहरूलाई अझ सहज र डिजिटल्ली कनेक्टेड ड्राइभिङ अनुभव प्राप्त गर्न सकिनेछ । 

    नेपालमा आईओटी नवप्रवर्तनको क्षेत्रमा सहकार्यले एनसेलको अग्रणी स्थानलाई थप सुदृढ बनाउँछ । 

    एनसेलले विभिन्न क्षेत्रमा कनेक्टेड प्रविधिको प्रयोगलाई थप प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई निरन्तरता पनि दिएको छ।
    आईओटी सिम जडित भएपछि गाडीमा अन्य कुनै उपकरणको प्रयोग बिनै इन–भेइकल इन्टरनेट कनेक्टिभिटीको सेवा उपलब्ध हुन्छ, जसले बीवाईडी एप इकोसिस्टम र कनेक्टेड इन्फोटेनमेन्ट सुविधाहरूलाई सपोर्ट गर्ने जनाएको छ । 

    सुविधा कसरी उपयोग हुन्छ ?

    प्रयोगकर्ताहरूले फोन कनेक्ट नगरी वा वाई–फाई हटस्पटमा निर्भर नभई सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओके लगायतका अनलाइन सेवा र डिजिटल मनोरञ्जन लिन सक्नेछन्।

    सुविधाहरूको उपलब्धता सवारी साधन, सफ्टवेयर मोडल र नेपालमा उपलब्ध रहेका सेवाहरूमा निर्भर हुनेछ। 

    आईओटी सिम मार्फत एनसेलको देशैभर फैलिएको नेटवर्क कभरेजको लाभ ग्राहकहरूले उठाउन सक्नेछन्।

    ग्राहकहरूले आफ्नो फोनमा एनसेल नेटवर्क चलाउँदा जस्तै प्रयोगकर्ताको अनुभव कभरेज, स्थान र सवारी साधन कन्फ्युग्रेसन अनुसार फरक हुन सक्छ। त्यस्तै, ग्राहक अनुसारको कनेक्टिभिटी प्लान, भ्यालिडिटी र शुल्क विवरण सवारी साधन वा सेवा प्याकेजमा निर्भर गर्नेछ।

    सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा 

    उपाङ्ग दत्ता, एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर  

    आईओटी सेवासम्बन्धि यो साझेदारीले बीवाईडी सवारी साधनहरूमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा दिन्छ, जसले गर्दा ग्राहकहरूले आईओटी सोलुसन्स मार्फत अझ सहज र सुविधाजनक कनेक्टेड ड्राइभिङ अनुभव लिन सक्छन्,  बीवाईडी एप र लोकप्रिय इन्फोटेनमेन्ट सेवाहरूका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध गराएर हामी प्रयोगकर्ताहरूलाई बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई कनेक्टेड रहन मद्दत गर्दछौं । साथै, लोकल नेटवर्कमा कनेक्ट हुँदा तपाईँ बाटोमा हुनुहोस् वा ट्राफिकमा अड्किएको अवस्था होस्, यसबाट थप भरपर्दो नेभिगेसन सुनिश्चित हुन्छ। 

    यो साझेदारीबाट बीवाईडीका नयाँ ग्राहकहरूलाई मात्र नभएर, विगत देखिनै बीवाईडी सवारी साधन भएकाहरूले पनि फाइदा लिन सक्नेछन्। 

    उनीहरूले नेपालभरका १३ स्थानमा रहेका बीवाईडी आधिकारिक सर्भिस सेन्टरमा गएर आफ्नो हालको सवारी साधनमा एनसेल आईओटी सिम जडान गरी उपलब्ध सुविधाहरूको लाभ लिन सक्नेछन्।

    एनसेलसँगको साझेदारीप्रति उत्साह ल्याएको छ, 

    साहिल श्रेष्ठ, साइमेक्स इन्क, प्रमुख कार्यकारी अधिकृत 

    बीवाईडी सधैँ प्राविधिक नवप्रवर्तनको अग्रपङ्क्तिमा रहेको छ। एनसेलसँग सहकार्य गरेर हामी हाम्रा ग्राहकहरूको अनुभवलाई अझ उन्नत बनाउने अर्को महत्त्वपूर्ण कदम चालिरहेका छौँ। भरपर्दो इन–भेइकल कनेक्टिभिटीले हाम्रा प्रयोगकर्ताहरूलाई बीवाईडी सवारी साधनका इन्टेलिजेन्ट सुविधाहरू पूर्ण रूपमा अनुभव गर्न सहजीकरण गर्दछ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend