२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मुक्तिनाथको चाडपर्व अफर : कृषि तथा एसएमई कर्जामा २५ प्रतिशत शुल्क छुट


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 1.3K
    SHARES

  • images
    मुक्तिनाथको चाडपर्व अफर : कृषि तथा एसएमई कर्जामा २५ प्रतिशत शुल्क छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषि तथा साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा विशेष सुविधा ल्याएको छ ।

    तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बैंकले आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सुविधा सार्वजनिक गरेको हो ।

    बैंकका अनुसार कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जा शीर्षकमा बेस रेटमा प्रकाशित प्रिमियम दर मात्र थप गरी कर्जा उपलब्ध गराइनेछ। विशेष योजनाअन्तर्गत कृषि तथा एसएमई कर्जामा न्यूनतम ०।५० प्रतिशत प्रिमियममा कर्जा लिन सकिने बैंकले जनाएको छ ।

    यस्तै, कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसबाट चाडपर्वको समयमा व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा वित्तीय आवश्यकताका लागि आवश्यक स्रोत जुटाउन कृषि तथा साना तथा मझौला व्यवसायीलाई सहज हुने बैंकको विश्वास छ ।

    यो सुविधा सीमित अवधिका लागि मात्र लागू हुनेछ । योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजीलगायतका प्रयोजनका लागि कर्जा लिन सकिनेछ ।

    यसका साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्वाप गर्न पनि उक्त कर्जा सुविधा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

    विशेष कर्जा सुविधा बैंकका देशभर रहेका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा उत्पादन, लागू ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे विस्तृत जानकारी लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend