२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 1.2K
    SHARES

  • images
    राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

     

    काठमाडौं । लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा दीर्घबहादुर रावल नियुक्त भएका छन् ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई उक्त जिम्मेवारी दिइएको हो ।

    रावल हाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरिरहेका छन् । उनी करिब एक वर्षअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका थिए ।

    यसअघि रावलले सन् २०१९ देखि २०२४ सम्म सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानीसम्बन्धी विषय हेर्ने फाइनान्सियल इन्टेलिजेन्स युनिटको नेतृत्व गरेका थिए । उनले राष्ट्रिय समन्वय समितिको सदस्य सचिवका रूपमा समेत काम गरिसकेका छन् ।

    राष्ट्र बैंक प्रवेश गर्नुअघि रावल नेपाल बैंकमा सहायक प्रबन्धकका रूपमा कार्यरत थिए । राष्ट्र बैंकमा भने उनले आर्थिक अनुसन्धान विभाग तथा बैंक तथा वित्तीय संस्था नियमन विभागबाट आफ्नो सेवा सुरु गरेका थिए ।

    शैक्षिक रूपमा अर्थशास्त्रमा स्नातकोत्तर तथा व्यवस्थापनमा एमबीए गरेका रावलले समाजशास्त्रमा समेत स्नातकोत्तर गरेका छन् । उनी हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा पीएचडी स्कलरका रूपमा अध्ययनरत छन् ।

    बैंकिङ क्षेत्रमा योगदानका लागि रावल सामना बैंकिङ पुरस्कार, २०१२ बाट समेत सम्मानित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend