काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १६० रुपैयाँले घटेको बढेको हो ।
मंगलबार ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


