२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम


सञ्चार डबली
  • बुधबार, भदौ ३ २०८३
  • 1.6K
    SHARES

  • images
    नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

    काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन्।

    कम्पनीले करिब तीन साताअघि मात्रै सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो। नाइमा मोबिलिटी एक्सपोका क्रममा यसमा २ लाख रुपैयाँ छुट दिइएको थियो। त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो।

    एक्सपो अवधिका लागि मात्रै घोषणा गरिएको छुट ग्राहकको आग्रहपछि भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कम्पनीले जनाएको छ। छुट सुविधामा म्याक्सस ई–टेरेन बुकिङ गर्न इच्छुक ग्राहकले हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सक्नेछन्।

    ‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री भइरहेको म्याक्सस ई–टेरेन छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा यात्रा गर्ने तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यो पिकअप रुचाएको बताइएको छ।

    आक्रामक डिजाइन, सुविधासम्पन्न कारमा पाइने विभिन्न फिचर, उच्च ग्राउन्ड क्लियरेन्स तथा निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले यसको माग बढेको कम्पनीले जनाएको छ। निर्माण तथा जलविद्युत् क्षेत्रका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीको भनाइ छ।

    चीनको SAIC अन्तर्गतको म्याक्सस कम्पनीले उत्पादन गर्ने यो पिकअपमा ग्राहकको विश्वास बढ्दै गएको र बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा सर्भिस सुविधालाई सहज बनाउनेतर्फ पनि कम्पनीले प्राथमिकता दिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend