२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिद्धबाबा सुरूङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरूद्ध


सञ्चार डबली
  • बुधबार, भदौ ३ २०८३
  • 1.1K
    SHARES

  • images
    सिद्धबाबा सुरूङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरूद्ध

    काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    प्रहरीका अनुसार सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको हो ।

    पहिरो हटाउन प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटिएको छ । तर, पहिरो खस्ने क्रम जारी रहेकाले अहिले हटाउने काम सुरु भएको छैन ।

    पहिरो खस्न रोकिएपछि सडक खुलाउन काम सुरु गरिने प्रहरीले जनाएको छ । पहिरो हटाउन जेसिबी तयारी अवस्थामा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend