२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई "बरपिपल रिसोर्ट पोखरा" मा २० प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • मंगलबार, भदौ २ २०८३
  • 1.8K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई "बरपिपल रिसोर्ट पोखरा" मा २० प्रतिशतसम्म छुट पाउने

    पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पोखरामा अवस्थित “बरपिपल रिसोर्ट पोखरा (Bar Peepal Resort Pokhara) सँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

    उक्त व्यवसायिक सम्झौता अनुसार बैंकका ग्राहकहरूले बरपिपल रिसोर्ट पोखरामा खाना, बस्न तथा SPA सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले बताएका छन् । त्यसैगरी, ६ जना बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित Break Fast, Lunch Dinner निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

    उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/ प्रिभिलेज कार्ड  देखाउनुपर्ने छ । वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सकिन्छ ।

    साथै मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने Auto Loan सञ्चालनमा ल्याएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend