२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारतले श्रीलंकालाई दियो ३७२ रनको लक्ष्य


सञ्चार डबली
  • मंगलबार, भदौ २ २०८३
  • 2.2K
    SHARES

  • images
    भारतले श्रीलंकालाई दियो ३७२ रनको लक्ष्य

    काठमाडौँ । श्रीलंकाको गालमा जारी टेस्ट क्रिकेटमा श्रीलंकासामु जितका लागि ३७२ रनको लक्ष्य प्रस्तुत भएको छ । भारत दोस्रो पारीमा १९३ रनमा समेटिएपछि श्रीलंकाले ३७२ रनको लक्ष्य पाएको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा ४६२ रन बनाएको थियो । जवाफमा श्रीलंकाको पहिलो पारी २८४ रनमा सकिएको थियो । पहिलो पारीमा भारतले १७८ रनको अग्रता लिएको थियो ।

    भारतले दोस्रो पारीमा १९३ रन बनाएपछि उसको समग्र अग्रता ३७१ रन पुगेको हो । त्यसअनुसार श्रीलंकाले खेल जित्न ३७२ रन बनाउनुपर्नेछ ।

    भारतको दोस्रो पारीमा ऋषभ पन्तले सर्वाधिक ६६ रन बनाए । उनले ६९ बलमा आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । देवदत्त पडिक्कलले ७५ बलमा ६ चौकासहित ४४ रन बनाए । यशस्वी जैसवाल भने खाता खोल्न नसकी आउट भए । केएल राहुलले पडिक्कलसँग मिलेर ६५ रनको साझेदारी गरेका थिए । राहुल ३५ रन बनाएर आउट भए । कप्तान शुभमन गिलले आठ रन मात्र बनाउन सके ।

    पडिक्कल, पन्त र राहुलबाहेक भारतका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ध्रुव जुरेलले सात, रविन्द्र जडेजाले नौ, मानव सुथारले नौ, कुलदीप यादवले पाँच र प्रसिद्ध कृष्णाले दुई रन बनाए। मोहम्मद सिराज दुई रनमा अविजित रहे । श्रीलंकाका असिथा फर्नान्डोले चार विकेट लिए । प्रभात जयसूर्याले तीन, लाहिरु कुमारा दुई तथा केशारा नुवान्थाले एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend