२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गाँजा खेतीको कानुन बनाउन माग


सञ्चार डबली
  • मंगलबार, भदौ २ २०८३
  • 1.3K
    SHARES

  • images
    गाँजा खेतीको कानुन बनाउन माग

    काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेती गर्न कानुन बनाउन माग गरेका छन् । 

    मंगलबार प्रतिनिधसभा बैठकमा बोल्दै सांसद राईले गाँजा खेतीलाई यसअघि नै मान्यता दिइएको भए अर्थतन्त्र सुदृढ भइसक्ने बताउदा तत्काल गाँजा खेती सम्बन्धि कानुन बनाउन माग गरेका हुन् । 

    उनले भने- 'गाँजा खेतीको कानुन बनाऊँ । विधिसम्मत सञ्चालनको वातावरण बनाउनका निम्ति आग्रह गरेको थिए । सरकारले सुनेन ।  विश्व स्वास्थ्य संगठनले गाँजा लागु औषध नभएको भन्दै सो सूचीबाट हटाएको उल्लेख गर्दै उनले विश्वका ६२ देशमा गाँजा खेती भइरहेको र उनीहरुको आर्थिक अवस्था राम्रो भएको दाबि गरे ।

    गाँजा खेतीबारे गण्डकी प्रदेश सरकारले कानुन बनाउँदा त्यहाँका जनता उत्साही भएको बताउँदै गाँजा खेतीको कानुन बनाउन आग्रह गरे । गाँजा खेतीलाई व्यावसायिक बनाउन सके रोजगार बढ्ने, अर्थतन्त्र बलियो हुने र विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै गाँजा खेतीबाट जुत्ता र लुगा समेत बनाउन सकिने उल्लेख गरे ।  उनले संसदमा एक सांसदले गाँजाबाटै बनाइएको कपडा लगाएर संसद् बैठकमा आउने गरेको उल्लेख गर्दै कपडा लगाउन हुने, गाँजा खेती गर्न किन नहुने भन्दै प्रश्न गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend