२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

‘जेनजी’ आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीको सम्बोधन माग


सञ्चार डबली
  • मंगलबार, भदौ २ २०८३
  • 1.1K
    SHARES

  • images
    ‘जेनजी’ आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीको सम्बोधन माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले ‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा आगामी भदौ २३ गते प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खत्रीले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि युवाहरूले गरेको बलिदानको स्मरण गर्दै सरकारले त्यस दिन विशेष सम्बोधन गर्नुपर्ने बताइन् ।

    उनले आन्दोलनका कति माग पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारमा संलग्नमाथि कारबाहीको प्रक्रिया कहाँ पुगेको छ भन्नेबारे सरकारले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताइन् ।

    ‘देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र शहीद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन्,’ उनले भनिन् ।

    वर्तमान सरकार भदौ २३ को बलिदानकै जगमा बनेको उल्लेख गर्दै सांसद खत्रीले उक्त दिन प्रधानमन्त्रीले देशव्यापी रूपमा शहीदहरूको सम्मान गर्दै जनतासामु स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend