काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य स्थिर रहदै तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको ३ लाख ६ हजार ८ सयमा नै कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४७५५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७७० मा कारोबार भएको थियो ।



