२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

खानीखोलामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते


सञ्चार डबली
  • सोमबार, भदौ १ २०८३
  • 1.3K
    SHARES

  • images
    खानीखोलामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

    पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा आज बिहान नम्बर नखुलेको बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा जिपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृतकको नामथर र वतन खुल्न सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता तथा सूचना अधिकारी रबिन विष्टका अनुसार घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । घाइतेलाई एम्बुलेन्समार्फत बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित खेलमैदानसम्म ल्याउने कार्य भइरहेको छ ।

    घाइतेको थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिएको भए पनि बाक्लो कुहिरोका कारण हेलिकप्टर तत्काल अवतरण गर्न नसकेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिए ।

    उनका अनुसार कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेलाई थप उपचारका लागि लैजाने प्रयास भइरहेको छ ।

    घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend