२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विदेशी मुद्रासहित निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ


सञ्चार डबली
  • सोमबार, भदौ १ २०८३
  • 1.0K
    SHARES

  • images
    विदेशी मुद्रासहित निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ ।

    आइतबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका निगमका दुई कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले निगमका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

    उनका अनुसार ती कर्मचारीले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको देखिएपछि नियन्त्रणमा लिइएको हो ।

    प्रहरीले नियन्त्रणमा लिइएका दुवै कर्मचारीको परिचय भने खुलाएको छैन । उनीहरूमाथि थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend