२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज कस्तो रहला देशभरको मौसम ?


सञ्चार डबली
  • सोमबार, भदौ १ २०८३
  • 1.8K
    SHARES

  • images
    आज कस्तो रहला देशभरको मौसम ?

    काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ।

    अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ।

    सोमबार देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू(भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

    यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका धेरै स्थानमा पानी पर्नेछ। मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान छ।

    महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भू(भागका एक(दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend