२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नयाँ टाटा पन्च ईभीको विशेष अफरको आज अन्तिम दिन, भोलिबाट मूल्य बढ्ने


सञ्चार डबली
  • आइतबार, साउन ३१ २०८३
  • 649
    SHARES

  • images
    नयाँ टाटा पन्च ईभीको विशेष अफरको आज अन्तिम दिन, भोलिबाट मूल्य बढ्ने

    काठमाडौं- नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा विशेष अफरसहित सार्वजनिक गरिएको नयाँ टाटा पन्च ईभीको अफर आज अन्तिम दिन रहेको छ।

    टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमा पाउनेछन्। यसको नियमित सुरुवाती मूल्य भने ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ। भोलिबाट विशेष अफर सकिएसँगै नियमित मूल्य लागू हुनेछ।

    एक्स्पोमा बुकिङ गर्ने ग्राहकले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत पाउनेछन्। नयाँ पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टाका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिन्छ।

    यसमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटर बुट स्पेसलगायतका सुविधा छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend