२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

म हिन्दू हुँ, तर अरू धर्मलाई पनि उत्तिकै सम्मान गर्छु: शेरबहादुर देउवा


सञ्चार डबली
  • आइतबार, साउन ३१ २०८३
  • 1.1K
    SHARES

  • images
    म हिन्दू हुँ, तर अरू धर्मलाई पनि उत्तिकै सम्मान गर्छु: शेरबहादुर देउवा

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको बताएका छन् ।

    काठमाडौँको सुकेधारामा आयोजित इतर समूहको ३ दिने राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले धर्मका विषयमा आफ्नो धारणा प्रस्ट पारेका हुन् ।

    ‘म हिन्दू हुँ । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन,’ उनले भने, ‘मैले आफू हिन्दू हो भन्न पाउनु पर्‍यो नि । हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले । यसमा कुनै कन्फ्युजन नहोस् ।’

    आफू हिन्दु हुनुको अर्थ अन्य धर्मलाई निषेध गर्नु नभएको उनले प्रस्ट पारे । देउवाले भने, ‘सबै धर्म मान्नेहरूलाई मैले अहिलेसम्म सम्मान गरेको छु र गरिरहनेछु । मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्नेमा म दृढ छु ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend