२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सञ्चालक र सिइओविरुद्ध मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भन्यो- कार्य सम्पादनमा अवरोध छैन


सञ्चार डबली
  • आइतबार, साउन ३१ २०८३
  • 2.4K
    SHARES

  • images
    सञ्चालक र सिइओविरुद्ध मुद्दा दायर भएपछि  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भन्यो- कार्य सम्पादनमा अवरोध छैन

    काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गर्दै आएको नियमित कामकारबाहीसँग सम्बन्धित विषयलाई लिएर मुद्दा दायर भएको जनाएको हो।

    बैंकले उक्त घटनाका कारण बैंकको नियमित कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नआएको स्पष्ट पारेको छ। 

    बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको जनाउँदै बैंकिङ सेवा पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध सञ्चालन हुनेमा ग्राहक तथा सरोकारवालालाई आश्वस्त पारेको छ।

    बैंकले संस्थाको सबलता, ग्राहकको हित तथा बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर आफ्ना सम्पूर्ण सेवा तथा गतिविधि सञ्चालन भइरहेको जनाएको छ।

    बैंकिङ प्रणालीप्रति जनताको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि समेत बैंकले आग्रह गरेको छ।

    साथै, बैंकले अपुष्ट सूचना तथा अनुमानका आधारमा बैंकसम्बन्धी धारणा नबनाउन र आधिकारिक सूचनालाई मात्र आधार बनाउन ग्राहक तथा सरोकारवालालाई अनुरोध गरेको छ।

    बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend