२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

भारतका प्रधानसेनापति औपचारिक भ्रमणमा आज नेपाल आउँदै


सञ्चार डबली
  • आइतबार, साउन ३१ २०८३
  • 1.5K
    SHARES

  • images
    भारतका प्रधानसेनापति औपचारिक भ्रमणमा आज नेपाल आउँदै

    काठमाडौं । भारतका प्रधानसेनापति धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।

    २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।

    प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    नेपाल र भारतका सेना प्रमुखहरूलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहिआएको छ । सोही परम्पराअनुसार यसअघि सन् २०२४ को डिसेम्बरमा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गरेकी थिइन् ।

    बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने जनरल सेठ नै पहिलो उच्चस्तरीय भारतीय अधिकारी हुन् । प्रधानसेनापतिमा नियुक्त भएपछि सेठको पहिलो विदेश भ्रमण नेपालबाटै सुरु भएको हो ।

    नेपाल बसाइँको क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend