२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

हुन्डाई एक्स्टरको नयाँ नाइट एडिसन सार्वजनिक, मूल्य र यस्ता छन विशेषताहरु


सञ्चार डबली
  • शनिबार, साउन ३० २०८३
  • 1.7K
    SHARES

  • images
    हुन्डाई एक्स्टरको नयाँ नाइट एडिसन सार्वजनिक, मूल्य र यस्ता छन विशेषताहरु

    हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय एसयूभी एक्स्टरको नयाँ नाइट एडिसन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ एक्स्टर नाइट एडिसनको सुरुवाती मूल्य भारतीय बजारमा ८ लाख १३ हजार ५०० भारतीय रुपैयाँ तोकिएको छ।

    कम्पनीले सन् २०२२ मा नाइट एडिसन सिरिज सुरु गरेयता यसका विभिन्न मोडलको कुल बिक्री १ लाख युनिट नाघेको जनाएको छ। नयाँ एक्स्टर नाइट एडिसनमा स्ट्यान्डर्ड मोडलको तुलनामा विशेष डार्क–थिम डिजाइन र इन्टेरियरमा थप आकर्षक परिवर्तन गरिएको छ।

    नयाँ एक्स्टर नाइट एडिसन चार भेरियन्टमा उपलब्ध छ। 

    • HX 6 Knight Petrol MT – ८ लाख १३ हजार ५०० भारतीय रुपैयाँ
    • HX 6 Knight Petrol AMT – ८ लाख ७३ हजार ५०० भारतीय रुपैयाँ
    • HX 6 Knight CNG MT – ९ लाख ९ हजार ५०० भारतीय रुपैयाँ
    • HX 10 Knight Petrol AMT – ९ लाख ६० हजार ५०० भारतीय रुपैयाँ

    उल्लेखित मूल्य भारतीय बजारको एक्स–शोरुम मूल्य हो।

    बाहिरी डिजाइनमा ब्ल्याक ट्रीटमेन्ट

    नयाँ एक्स्टर नाइट एडिसनमा बाहिरी डिजाइनलाई थप स्पोर्टी बनाउन विभिन्न ब्ल्याक ट्रीटमेन्ट प्रयोग गरिएको छ। यसमा म्याट ब्ल्याक एक्स्टर लोगो तथा अगाडि र पछाडिको हुन्डाई लेटरिङ राखिएको छ।

    त्यस्तै, डार्क ग्रे बम्पर गार्निस, साइड सिल गार्निस, स्पोर्टी ब्ल्याक अलोय ह्विल, अगाडिको रातो ब्रेक क्यालिपर र विशेष ‘नाइट’ ब्याज दिइएको छ।

    यो एडिसन टाइटेनियम ब्ल्याक, एटलस ह्वाइट, टाइटन ग्रे, स्टार्री नाइट र गोल्डेन ब्रोंज गरी पाँच रङमा उपलब्ध हुनेछ।

    इन्टेरियर पनि पूर्ण ब्ल्याक थिममा

    एक्स्टर नाइट एडिसनको इन्टेरियरमा पनि ब्ल्याक थिमलाई निरन्तरता दिइएको छ। क्याबिनमा ब्ल्याक कलरसँगै ब्रास कलरका एक्सेन्ट प्रयोग गरिएको छ। यसमा ब्ल्याक डी–कट स्टेयरिङ ह्विल, विशेष ब्ल्याक सेमी–फेब्रिक सिट अपहोल्स्ट्री र एम्बर कलरको फुटवेल लाइटिङ उपलब्ध छ।

    नयाँ एक्स्टर नाइट एडिसनमा मेकानिकल रूपमा भने कुनै ठूलो परिवर्तन गरिएको छैन। यसमा पहिलेकै १.२ लिटर कप्पा पेट्रोल इन्जिन र १.२ लिटर पेट्रोल–सीएनजी इन्जिन उपलब्ध छन्।

    पेट्रोल संस्करणमा म्यानुअल र एएमटी दुवै गियरबक्स विकल्प दिइएको छ भने सीएनजी संस्करण म्यानुअल गियरबक्ससँग उपलब्ध हुनेछ। नयाँ नाइट एडिसनमार्फत हुन्डाईले एक्स्टरलाई थप स्पोर्टी र प्रिमियम लुक दिन खोजेको छ। विशेषगरी डार्क एक्स्टेरियर, ब्ल्याक इन्टेरियर र रातो ब्रेक क्यालिपरजस्ता डिजाइनले यसलाई नियमित एक्स्टरभन्दा फरक बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend