२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सुनको भाउ घट्यो, चाँदी स्थिर


सञ्चार डबली
  • बिहीबार , वैशाख ७ २०८०
  • 48.8K
    SHARES

  • images
    सुनको भाउ घट्यो, चाँदी स्थिर

     

    आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।  यसअघि बुधबार ३ सय रुपैयाँले बढेको सुन आज  ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेको छ। आज चाँदी तोलामा १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # सुनको भाउ घट्यो, चाँदी स्थिर
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend