२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नुवाकोटको शिवपुरीमा रोकिराखेको बस र माइक्रोबस भिरबाट खस्दा पाँच जना घाइते


सञ्चार डबली
  • शनिबार, साउन ३० २०८३
  • 1.4K
    SHARES

  • images
    नुवाकोटको शिवपुरीमा रोकिराखेको बस र माइक्रोबस भिरबाट खस्दा पाँच जना घाइते

    काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, गुरुङ गाउँमा शनिबार बिहान रोकिराखेको बस चिप्लिँदा अगाडि रोकिएको माइक्रोबससहित खोलामा खसेको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानअनुसार रोकिराखिएको बसमा ह्वील लक नलगाइएका कारण बस चिप्लिएको हो । बस चिप्लिएर अगाडि रोकिएको माइक्रोबसलाई ठक्कर दिएपछि दुवै सवारीसाधन खोलामा खसेका हुन् ।

    दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालित भई उद्धार कार्यमा जुटेको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend