२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै


सञ्चार डबली
  • शनिबार, साउन ३० २०८३
  • 1.3K
    SHARES

  • images
    नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

    काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिने जनाएको छ ।

    निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्रीवितरण गर्न लागिएको निगमले सूचनामार्फत जानकारी गराएको छ ।

    निगमका अनुसार निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिनेछ । यस्तै, यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी ग्यास, राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिने निगमले सूचनामा उल्लेख गरेको छ ।

    यसैगरी, राधास्वामी वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट सुगम, भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने जनाइएको छ।

    निगमले अति आवश्यक भएका व्यक्तिहरुले मात्र आआफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र सहित बिहान १० देखि साँझ ६ बजेसम्म तोकिएको स्थानमा उपस्थित भइ ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ ।

    निगमले एलपी ग्यासको आयात नियमित रुपमा भइरहेको र सोको बिक्री वितरण सम्बन्धित उद्योगहरुले आआफ्ना विक्रेताहरु मार्फत नियमित रुपमा गरिरहेको पनि जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend