काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ६०.६८ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, गत वर्ष २ अर्ब २३ करोड ४४ लाख २१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ८४ करोड ७९ लाख ६५ हजार रुपैयाँमा आएको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा पुगेको छ । १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।



