काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामन्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ५ सयले घटेर तोलाको ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर तोलाको ४७५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७४५ मा कारोबार भएको थियो ।


