२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, विशेष सुरक्षा दिएर निजी निवास पुर्‍याउने तयारी


सञ्चार डबली
  • बिहीबार , साउन २८ २०८३
  • 1.9K
    SHARES

  • images
    कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, विशेष सुरक्षा दिएर निजी निवास पुर्‍याउने तयारी

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुँदै छन् । देउवा दिउँसो १२ः३० मा नेपाल फर्किने तय भएको छ । 

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारार्थ कात्तिक १० गते राति सिंगापुर गएका थिए ।

    सरकार निकटस्थ विश्वस्त स्रोतका अनुसार देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने गरी ‘भद्र समझदारी’ बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसम्मलाई यो विषयमा जानकारी भएको ती उच्च अधिकारीको दाबी छ ।

    “ढुक्क भएर उहाँ (देउवा) स्वदेश फर्किंदै हुनुहुन्छ । स्वतन्त्र आवागनमा कुनै बाधा अवरोध या धरपकड त्यस्तो केही नगर्ने, बरु निजी निवाससम्मै कडा सुरक्षामा राखेर पठाउने भन्ने छ,” स्रोतले भन्यो ।

    देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्‍याउने तयारी छ ।    

    देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो । 

    उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

    सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते सीआईबी र विभागका नाउँमा उक्त आदेश जारी गरेको हो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend