काठमाडौँ / नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै उत्पादित Made-in-Nepal Hyundai VENUE र VENUE N Line सार्वजनिक गरेको छ।
नयाँ डिजाइन, उन्नत प्रविधि, सुरक्षा तथा प्रदर्शनलाई प्राथमिकता दिइएको नयाँ VENUE कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
नयाँ VENUE मा Twin Horn LED DRLs, Horizon LED रियर ल्याम्प, Powered Tilt-and-Slide Sunroof, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग उपलब्ध छन्। यो १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, VENUE N Line ले नियमित VENUE भन्दा थप स्पोर्टी र विशिष्ट डिजाइन प्रस्तुत गर्छ। यसमा N-ब्रान्डेड सिट, N-ब्रान्डेड एलोय ह्विल, सिग्नेचर रेड हाइलाइटसहितको बडी–कलर क्ल्याडिङ तथा विभिन्न N Line स्टाइलिङ एलिमेन्ट समावेश छन्।
Made-in-Nepal VENUE को सुरुवाती मूल्य रु. ४८ लाख ९६ हजार तोकिएको छ। यो HX 2 (१,१९७ सीसी पेट्रोल), HX 5+ (१,१९७ सीसी पेट्रोल) र HX 5 DCT (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ।
त्यस्तै, VENUE N Line को सुरुवाती मूल्य रु. ६७ लाख ९६ हजार कायम गरिएको छ।
कम्पनीका अनुसार नेपालमै उत्पादित नयाँ VENUE तथा VENUE N Line देशभरका ह्युन्डाई शोरुममा उपलब्ध छन्। ग्राहकले नजिकको शोरुममा पुगेर नयाँ मोडलका डिजाइन, प्रविधि तथा ड्राइभिङ अनुभवबारे जानकारी लिन सक्नेछन्।



