२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आज भारी वर्षाको पूर्वानुमान छैन, केही स्थानमा मध्यमसम्मको वर्षा


सञ्चार डबली
  • बुधबार, साउन २७ २०८३
  • 1.6K
    SHARES

  • images
    आज भारी वर्षाको पूर्वानुमान छैन, केही स्थानमा मध्यमसम्मको वर्षा

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । तर, आज भारी वर्षाको पूर्वानुमान छैन । मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र  मधेस प्रदेशका साथै देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

    हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी  भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend