२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘नाडा अटो शो’ लक्षित मुक्तिनाथ बैंकले ल्यायो अटो लोन योजना


सञ्चार डबली
  • मंगलबार, साउन २६ २०८३
  • 2.4K
    SHARES

  • images
    ‘नाडा अटो शो’ लक्षित मुक्तिनाथ बैंकले ल्यायो अटो लोन योजना

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना ल्याएको छ ।

    बैंकले यस योजनाअन्तर्गत ५ दशमलव ५७ प्रतिशत विशेष ब्याजदरमा अटो लोन दिने जनाएको छ । यो योजना २०८३ साल भदौ मसान्तसम्म लागू हुनेछ ।

    कर्जा आवेदन र आवश्यक कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसबाट ग्राहकले नयाँ सवारी साधन खरिदका लागि छिटो र सहज रूपमा कर्जा पाउने बैंकको भनाइ छ ।

    बैंकका अनुसार यो सुविधा देशभरका १७६ वटै शाखाबाट लिन सकिनेछ । नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकले योजनाबाट लाभ लिन सक्नेछन् ।

    योजनाको अवधि सकिएपछि भने बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend