२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग


सञ्चार डबली
  • मंगलबार, साउन २६ २०८३
  • 2.1K
    SHARES

  • images
    कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई  १० लाख रुपैयाँ आर्थिक सहयोग

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत प्रदान गरेको उक्त रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा प्रयोग गरिने जनाएको छ ।

    नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो । 

    केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

    बढ्दो बिरामीको चाप तथा सघन उपचार सेवाको आवश्यकतालाई ध्यानमा राखेर सहयोग गरिएको बैंकले जनाएको छ । सहयोगबाट नवजात शिशु तथा बालबालिकाको उपचार सेवाको गुणस्तर सुधार, जीवनरक्षा दर वृद्धि तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा बैंकको छ ।

    कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको मान्यता राख्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

    ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुसार बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    बैंकका अनुसार २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकका देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।

    बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend