२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रधानमन्त्री एक्लै हिँड्न खोज्नुभएको हो कि एक्लै पर्नुभएको हो?: अर्जुननरसिंह केसी


सञ्चार डबली
  • मंगलबार, साउन २६ २०८३
  • 1.4K
    SHARES

  • images
    प्रधानमन्त्री एक्लै हिँड्न खोज्नुभएको हो कि एक्लै पर्नुभएको हो?: अर्जुननरसिंह केसी

    काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको कार्यशैलीमाथि टिप्पणी गर्दै 'प्रधानमन्त्री एक्लै हिँड्ने लहडमा हुनुहुन्छ कि एक्लै पर्नुभएको हो?' भन्दै प्रश्न गरेका छन्।

    प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले देश र जनताको हितका पक्षमा सिंगो संसद् सरकारको साथमा रहेको स्मरण गराउँदै संसद्लाई उपेक्षा नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए।

    बैठकमा उनले भने, "प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो? देश र जनताको हितमा सिंगो संसद् तपाईँकै साथमा छ। तर, संसद्प्रति उपेक्षा नगर्नुहोस्। आफ्नो जवाफदेहितालाई ऐच्छिक नभई संवैधानिक कर्तव्य ठानेर पालना गर्नुहोस्।"

    सांसद केसीले संवैधानिक निकायहरू कार्यपालिकाका लाचार छाया बनेको भन्दै सरकारको तिखो आलोचना गरे। सरकारका राम्रा प्रयासहरूमा पनि हचुवा र विधिहीन प्रक्रिया देखिएको उल्लेख गर्दै उनले लोकतन्त्रमा परिणाम मात्र नभई अपनाइने प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए।

    त्यस्तै, उनले सत्ता सम्हालेको सय दिनभित्रै एक लाख युवालाई स्वदेश फर्काउने प्रतिबद्धता खै भन्दै सरकारलाई प्रश्न गरे। किसानले मल नपाएको, भान्सामा ग्यास र बिजुलीको टुङ्गो नभएको, महँगीले जनता मारमा परेको, राहदानीका लागि उस्तै सास्ती र सुकुम्बासी तथा बेरोजगारहरूको बिचल्ली भएको भन्दै उनले सरकारको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend