२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुईजना घाइते


सञ्चार डबली
  • मंगलबार, साउन २६ २०८३
  • 1.3K
    SHARES

  • images
    ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुईजना घाइते

    काठमाडौं । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । कपिलवस्तु नगरपालिका–७, धरमपनियामा मिनिट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सडकछेउमा बिग्रिएर बनाइँदै गरेको ना६ख ६४२३ नम्बरको मिनिट्रकको पछाडि लु८२प ८६२८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तुकै शुद्धोधन गाउँपालिका–३, कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा सोमबार (साउन २५) राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलमा सवार कपिलवस्तु–७, पिपरहवाका ३२ वर्षीय शेषराम पासी र सोही स्थानका २५ वर्षीय दुर्गेश यादव घाइते छन् । रुपन्देहीको बुटवलस्थित चौराहा अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend