२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन


सञ्चार डबली
  • मंगलबार, साउन २६ २०८३
  • 1.9K
    SHARES

  • images
    वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

    जनकपुरधाम । वरिष्ठ साहित्यकार प्रा.डा.राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षीय विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो ।

    जनकपुर–१० निवासी विमल घरमै नातिसँग खेलिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

    उपचारका क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि राति करिब १ बजे उनको निधन भएको हो ।

    विमलको आजै स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर अहिले जनकपुर–१० स्थित देवीचोकको निजी निवासमा राखिएको छ ।

    लामो समय अध्यापन पेसामा रहेका विमलले विज्ञान विषयमा विद्यावारिधि गरेका थिए । उनले नेपाली, हिन्दी र अंग्रेजी विषयमा स्नातकोत्तरसमेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend